Logo
Logo

‘सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय अदालतले हस्तक्षेप गर्न मिल्दैन’


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय न्यायाधीश वा अदालतले हस्तक्षेप गर्ने विषय नभएको बताएका छन् । 

सोमबार माओवादी घटकहरूले काठमाडौंमा आयोजना गरेको नेपालमा शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रममा महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई सत्यनिरूपण तथा मेलमिलाप आयोगद्वारा नै निरुपण गर्नुपर्ने भन्दै यसमा न्यायाधीश वा अदालतको हस्तक्षेप हुन नहुने बताएका हुन् । 

सङ्क्रमणकालीन न्यायलाई अघि बढाउदा वृहत विस्तृत शान्ति सम्झौताको मर्म अनुसार नै अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले राज्यको पुनःसंरचनासहितको शान्ति प्रक्रियालाई निष्कर्षमा पराउनुपर्ने भन्दै पुरानो कानूनद्वारा समाधान खोज्न नहुने बताए । महराले माओवादी घटकहरूबीच सके एकता नभए कार्यगत एकताका साथ बलियो शक्ति भएर अघि बढ्नुपर्ने धारणा राखे । 

त्यस्तै अन्य माओवादी घटक दलका नेताहरूले माओवादी कमजोर भएकै कारण मुद्दाहरू कमजोर हुने खतरा रहेको भन्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्