Logo
Logo

लेलेमा लुम्बिनी विकास बैंकको एटिएम सेवा


504
Shares

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ सेवा पु¥याउने उद्देश्यले आज थप एक एटिएमको उद्घाटन गरेको छ । बैकले सेवा विस्तार गर्ने क्रममा ललितपुर जिल्ला गोदावरी नगरपालिका–५ स्थित लेले एक्सटेन्सन काउन्टरबाट एटिएम सेवा शुरु गरी स्थानीयस्तरमा सहज बैंकिङ सेवा पु¥याउन पहल गरेको हो । बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

विकास बैंकका मुख्य प्रबन्धक दीपक खनालको सभापतित्वमा एटिएम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका–५ का वडाध्यक्ष मिलन सिलवालले गरेका थिए । उक्त समारोहको गोदावरी नपा ५ का वडा सचिव बालकृष्ण सिलवाल र मध्य ललितपुर कृषि विकास सहकारी संस्थाका अध्यक्ष बच्चुराम सिजापतिसमेत अतिथिका रुपमा रहेका थिए ।

समारोहमा बैंकका कर्मचारी, स्थानीय व्यवसायी, निक्षेपकर्तालगायतको उपस्थिति थियो । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको थप एक नयाँ एटिएम उद्घाटन भएसँगै बैंकको बिभिन्न स्थानमा गरी जम्मा २० एटिमएममार्फत सेवा प्रदान गरिरहेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले निरन्तर सहयात्रा भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणादेखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्