काठमाडौं । सोमवार सिद्धार्थनगर नगरपालिका वडा नं २ मा माछापुच्छ्रे कपको फाइनल भएको थियो । उक्त कपको समापन कार्यक्रमको प्रमुख अतिथिमा नगरप्रमुख इश्तियाक अहमद खाँ र बरिष्ठ अतिथिमा उपप्रमुख उमा अधिकारी रहेका थिए ।

कार्यक्रम सञ्चालकले कार्यक्रम चलाउँदै थिए । कार्यक्रममा प्रमुख अतिथि र बरिष्ठ अतिथिलाई प्रमुख वक्ताको रुपमा राखिएको थियो । सञ्चारकका समान्य त्रुटिवश पहिला प्रमुख अतिथि खानलाई बोल्नको लागि बोलाइयो । त्यसपछि खान आयोजक कार्यक्रम सञ्चालकप्रति आक्रोशित भए । सञ्चालकका अनुसार खानले अबदेखि कुनै कार्यक्रम नचलाउनसम्म भन्न भ्याए ।
खान सञ्चालकलाई थर्काउँदै मञ्चबाट उत्रिएर कार्यक्रमनै छोडेर हिँडे । प्रमुखको अहंकार यतिमा मात्र रोकिएन । उनले आयोजकलाई समेत फोन गरेर थर्काए । आयोजक दीपक थापाका अनुसार प्रमुख खानले आफूलाई कार्यक्रम छाडेर गएपछि फोन गरेर यस्तो फजुल कार्यक्रममा बोलाएर आफ्नो समय बर्बाद गरेको भन्दै थर्काए ।
कार्यक्रममा यस्ता त्रुटीहरू समान्य विषय हो । तर सिद्धार्थनगर नगरप्रमुखले देखाएको व्यवहार असामान्य रहेको स्थानीयको भनाई छ । स्थानीयका अनुसार प्रमुखले आफ्नो पदको दम्भ देखाएका हुन् ।











