Logo
Logo

आज चार प्रदेशमा चट्याङसहित पानी पर्ने


441
Shares

काठमाडौं । आज देशका केहि भागमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्