Logo
Logo

ब्याजदर घट्दो क्रममा छ : राष्ट्र बैंक


630
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा प्रकाश श्रेष्ठले ब्याजदर घट्दो क्रममा रहेको बताएका छन् ।

मंगलबार राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थतन्त्रको तथ्यांक प्रस्तुत गर्दै श्रेष्ठले माघदेखि ब्याजदर घट्दो क्रममा रहेको बताए ।

गतवर्षको तुलनामा शोधनान्तर तथा विदेशी मुद्राको सञ्चिति बढ्दो क्रममा रहेको हुँदा ब्याजदर घट्ने क्रममा रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्