Logo
Logo

ढाकाकुमारसंग रास्वपाले लियो एक घण्टा बयान : अडियोको आवाज मेरो होइन


1.7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठसँग एक घण्टा बयान लिएको छ । रास्वपा अनुशासन समितिले मंगलबार दिउँसो पार्टी कार्यालय बसुन्धारमा सांसद श्रेष्ठसँग दुई करोड प्रकरणबारे एक घण्टा बयान लिएको हो ।

‘स्वास्थ्यमन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन’ भन्दै श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । रास्वपाले सोही दिन सांसद श्रेष्ठलाई एक सातासम्मका लागि निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाएको छ ।

रास्वपा अनुशासन समितिका संयोजक भरतमणि देवकोटाका अनुसार ढाकाकुमार श्रेष्ठको आज बयान दिने काम भएको छ । पार्टी कार्यालयमा रास्वपाले एक घण्टा बयान लिएको हो । बयानका क्रममा पनि सांसद श्रेष्ठले प्रस्टीकरणमै उल्लेख गरेको कुरा दोहो¥याएको देवकोटाको भनाई छ ।

सोमबार साँझ पार्टीको ताकेतापछि श्रेष्ठले आफ्नो स्पष्टीकरण बुझाएका थिए । स्पष्टीकरणका अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको श्रेष्ठको दाबी छ । तर, उनले यस विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन् ।

देवकोटाका अनुसार उक्त घटनामाथि छानबिन सकेर अनुशासन समितिले पार्टीको केन्द्रीय समितिलाई सुझाउने तयारी छ । समितिको सुझावलाई स्वीकार वा अस्वीकार गर्ने अधिकार केन्द्रीय समितिलाई नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्