Logo
Logo

ढाका कुमारबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै


882
Shares

फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आज बिहान ९ बजे पार्टी कार्यालयमा बोलाइएको महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

ढकालका अनुसार बैठकले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेका सांसद डा. ढाकाकुमार श्रेष्ठबारे निर्णय गर्ने छ ।

ढाका कुमारले प्रसाईंसँग मन्त्री बन्न पार्टीका सभापति रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने भन्ने अडियो आइतबार सार्वजनिक भएको थियो । उक्त अडियो प्रकरणले पछिल्लो समय सांसद श्रेष्ठ विवादित छन् । उक्त अडियो उनको भए÷नभएको र कारबाहीबारे आजको बैठकबाट निर्णय गरिने बताइएको छ ।

रास्वपाको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो प्रकरणबारे मंगलबार पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

प्रारम्भिक बयानमा सांसद श्रेष्ठले उक्त अडियो आफ्नो नभएको बयान दिएका छन् । उनले दुर्गा प्रसाईंलाई नचिनेको र उनीसँग फोन संवाद समेत नगरेको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्