Logo
Logo

रुप ज्योती प्रकरणः प्रहरीका कारण सरकार नै बदनाम हुँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ कात्तिक ।
उद्योगपति तथा पूर्वअर्थराज्यमन्त्री डा. रूप ज्योतिको पक्राउ घटनाले सरकार नै बदनाम हुँदै गएको छ । केही स्वार्थी समूहबाट प्रहरी प्रभावीत हुँदा सरकार दनाम भएको हो ।
लेनदेनसम्बन्धी विवाद भए पनि प्रहरीले ठगी मुद्दामा ज्योतिलाई पक्राउ गरेपछि निजी क्षेत्रले सरकारको नियतमाथि प्रश्न उठाएको छ । लेनदेनसम्बन्धी विवादमा देवानी कानुनअनुसार मुद्दामामिला चल्छ, जसमा विवादमा संलग्नलाई पक्राउ गरिन्न । अझ प्रहरीले ज्योतीका परिवारविरुद्ध मुद्दा चलाउने तयारी गरिरहेको छ ।
ए हाउजीङको लेनदेन मुद्दामा यसरी ठगी मुद्दा चलेको हो । एक व्यक्तिले घर किन्न भनेर एक करोड ३६ लाख दिएकोमा ज्योती समूहको समेत लगानी रहेको ल्याण्डमार्क हाउजीङले सो घर उनलाई बेच्न नसकेपछि ब्याजसहित पैसा फिर्ता दिने प्रस्ताव गरेको थियो । तर, उनले पाँच करोड माग्दै बार्गेनिङ गरेका थिए । पाँच करोड नपाएपछि गृहमन्त्री निकट व्यक्तिहरु प्रयोग गरेर ठगी मुद्दा दर्ता गराइएको थियो ।

निजी क्षेत्रका छाता संगठनहरूले छुट्टाछुट्टै विज्ञप्ति निकालेर पक्राउ तथा थुनछेक म्याद थपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चम्बर अफ कमर्स, नेपाल–चीन उद्योग वाणिज्य संघ, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललगायत संघसंस्थाले ज्योति र उनकी छोरीलाई अप्रत्याशित र अमर्या्दित ढंगले पक्राउ गरी थुनछेकको म्याद थप गरिएको भन्दै त्यसबाट निजी क्षेत्र मर्माहत तथा हतोत्साहित भएको उल्लेख गरेका छन् । उनीहरूले अविलम्ब अदालतमा लगेर न्यायका लागि मार्गप्रशस्त गर्नसमेत गृह प्रशासनलाई आग्रह गरेका छन् ।
यो घटनाले व्यवसायीहरु सरकारसँग आक्रोशित भएका छन् । पञ्चायतकामा भूमिगत गिरोहले सरकार चलाएको आरोप कम्युनिष्टहरुले लगाउने गर्दथे । अहिले कम्युनिष्टहरु सरकार भएको बेला माफिया गिरोहले सरकार चलाउन थालेको छ । माफिया समूहले नै प्रहरी परिचालन गरेर ज्योतीलाई फसाएको पुष्टि भइसकेको छ ।
प्रहरी हिरो बन्न खोज्दा
ज्योतीलाई पक्राउ गरेपछि आफु हिरो बन्ने प्रहरीको बुझाई थियो । त्यही कारण विदेशबाट आएलगत्तै एयरपोर्टमै अपराधी शैलीमा उनलाई पक्राउ गरिएको थियो ।
तर, वास्तविकता बुझ्दा घटना ठगीको नभएपछि प्रहरी समेत समस्यामा परेको छ ।
यसअघि पनि प्रहरी यसैगरी चुकिसेको छ । बैंक अफ काठमाडौंको मुद्दामा पूर्व सिईओ अजय श्रेष्ष्ठलाई प्रहरीले फसाएको थियो । कर्मचारीले गरेको गल्तीमा उनलाई समेत पक्राउ गरेर मुद्दा चलाइएको थियो । ‘निर्मला पन्त केसमा डिएसपीले गल्ती गरे तर सिआईबीको डिआईजीलाई कुनै कारबाही भएन,’ एक व्यवसायी भन्छन्,‘तर बिओकेमा कर्मचारीले गल्ती गर्दा सिईओलाई किन पक्राउ गरियो ?’
यसअघि रबि लामिछानेको केसमा पनि दबाबको भरमा चल्दा प्रहरी विवादमा परेको थियो । मृतकले नाम लिएकै आधारमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । जून घटनामा प्रहरी बदनाम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्