
काठमाडौं । राष्टिय स्वतन्त्र पार्टी( रास्वपा) को केन्द्रिय समिति बैठक पर सरेको छ ।
सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन ९ बजेका लागि बोलाइएको बैठक २ बजेका लागि सारिएको हो ।
पार्टीका नेताहरु चुनावी अभियानमा चारैतिर खटिएकाले बैठक सारिएको रास्वपा महामन्त्री मुकुल ढकालले बताए ।
केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियो सम्बन्धी प्रतिवेदन मङ्गलवार सभापति रवि लामिछानेलाई बुझाएपछि आज बैठक बस्न लागेको हो ।
समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको बताएका छन् ।











