
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मतदान स्थगित भएको छ । व्यवसायीहरुका समर्थकहरुले हुटिङ र होहल्ला बढी गरेपछि मतदान केहिबेरका लागि स्थगित गरिएको हो ।
मतदानस्थलमा समर्थकहरुले ‘भोट फोर अञ्जन’, भोट फर संघाई, भोट फर उमेशलाल भन्दै भोटिङको लागि लाइनमा बसेकालाई धकेल्न थालेसँगै मतदान स्थगित भएको छ ।
प्रज्ञा प्रतिष्ठानमा भइरहेको मतदानमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ ।











