Logo
Logo
उद्योग वाणिज्य महासंघको निर्वाचन

अपडेट : १ हजार मतगणना हुँदा रामचन्द्रको अग्रता


1k
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फ वरिष्ठ उपाध्यक्षको मतगणना जारी छ ।

१ हजार मतगणना हुँदा रामचन्द्र संघाईले अग्रता कायम राखेका छन् । उनले ३९० मत प्राप्त गरेका छन् भने अञ्जन श्रेष्ठले ३३२ र उमेशलाल श्रेष्ठले २६८ मत पाएका छन् ।

महासंघमा वरिष्ठ उपाध्यक्षको लागि जिल्ला नगरको ५० प्रतिशत, एसोसिएटतर्फ ३० प्रतिशत र वस्तुगततर्फ २० प्रतिशत मतभार छ । महासंघमा वस्तुगततर्फ १२३ मतदाता छन् । एसोसिएटतर्फ १ हजार ७ सय ५० मतदाता छन् । जिल्लारनगरका ११८ मतदाता छन् ।

बुधबार साँझ सम्पन्न निर्वाचनको काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा मत गणना जारी छ । अहिलेसम्म एसोसिएटतर्फ उपाध्यक्ष र १९ सदस्य, वस्तुगत उपाध्यक्ष, जिल्लारनगरतर्फका नजिता आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्