Logo
Logo

नेपालमा लुकेर बसेको भनिएका भारतीय डन असद युपी प्रहरीद्वारा इन्काउन्टर



काठमाडौं । भारतीय ‘ग्याङस्टार’ अतीक अहमदका छोरा असद र उनका सुटर गुलाम मोहम्मदको उत्तर प्रदेश (युपी) प्रहरीले ‘इनकाउन्टर’ गरेको छ । बिहीबार उत्तर प्रदेशको झाँसीमा प्रहरीले उनीहरुलाई इन्काउन्टर गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

डीआईजी अनन्त देव तिवारीका अनुसार उनीहरूबाट पिस्तोल, रिभल्वर र विदेशी हतियार पनि बरामद भएको छ । उत्तर प्रदेशका विधायक उमेश पालको हत्या गरेको आरोपमा उनीहरूलाई प्रहरीले खोजी गरिरहेको थियो । सीमा जोडिएका कारण यी दुवै भागेर नेपाल प्रवेश गरेको खबरहरु समेत प्रकाशित भएका थिए ।

युपी सरकारले दुवैको सूचना दिने व्यक्तिलाई ५–५ लाख रुपैयाँ इनाम दिने घोषणा गरेको थियो । २४ फेब्रुअरीमा प्रयागराजमा उमेश पालको हत्या भएको थियो । हत्या विरोधमा मुख्यमन्त्री योगी आदित्यनाथ सरकारविरूद्ध आक्रोश व्यक्त भएको थियो ।

य्पी प्रहरीका अनुसार उमेश पालको हत्यापछि असद अहमद लखनउ भागेका थिए । उनी पछि दिल्ली पुग्नुअघि कानपुर र मेरठ गए । त्यसपछि उनले मध्यप्रदेश भाग्ने निर्णय गरे । मोटरसाइकलमा राज्यको सीमातर्फ जाँदै गर्दा प्रहरीले उनलाई झाँसीमा इन्काउन्टर गरेको खबरहरुमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्