काठमाडौं । सरकार र मिटरब्याजी पीडितबीचको वार्ता भंग भएको छ । गृह मन्त्रालयमा बिहीबार भएको वार्तामा सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको हो ।

सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन गर्न नचाहेकाले वार्ता भंग गरिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए । यससँगै समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ ।
सरकारी पक्षले पुरानै कुराहरु दोहो¥याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिएको प्रवक्ता निर्ग नविनले बताए । सरकार र मिटरब्याजी पीडितबीच ५ दिनसम्म वार्ता भएको थियो ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारलाई ६ बुँदे माग राखेको थियो । तर, आफ्ना मागहरुप्रति सरकारले वास्ता नगरेकाले वार्ता भंग गरेको उनले बताए ।











