Logo
Logo

बंगलादेशी राष्ट्रपति हमिदसँग दाहाल र तिमल्सिनाको भेटवार्ता


- दृष्टि न्युज/संवाददाता


 

काठमाडौं, २७ कार्तिक । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद भेटघाट व्यस्त भएका छन् । यसैक्रममा बुधबार बिहान नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति हमिदसँग भेटवार्ता गरेका छन् । भेटका लागि अध्यक्ष दाहाल राष्ट्रपति हमिद बसेको होटलमा पुगेका थिए ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग बुधबार होटल मेरियटमा शिष्टाचार भेटवार्ता गर्नुहुँदै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना

बुधबार नै राष्ट्रपति हमिद र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबीच पनि भेटवार्ता भएको छ । यस्तै, २ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र २ः४० मा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति हमिदसँग भेटवार्ता गर्दैछन् । सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति हमिदलाई भेट्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्