Logo
Logo

जनकपुर-जयनगर रेलसेवा विस्तार, अब दैनिक चारपटक चल्ने


1k
Shares

काठमाडों । नेपाल रेल्वे कम्पनीले नयाँ वर्षको अवसर पारेर आज सेवा विस्तार गरेको छ। जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन भइरहेको रेल सेवा शुक्रबारदेखि दैनिक चारपटक चल्ने गरी विस्तार गरिएको हो।

यसअघि दुईपटक मात्र रेल आवतजावत गर्ने गरेको थियो। कम्पनीका महाप्रबन्धक निरञ्जन झासहित भारतीय प्राविधिकको टोली मिलेर रेल अगाडिको लिकमा नरिवल फोड्दै सेवा विस्तारको शुभारम्भ गरेका हुन् ।

महाप्रबन्धक झाका अनुसार अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र दिउँसो २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्नेछ भने भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र अपराह्न ५ बजे प्रस्थान गर्नेछ।

यो सेवा विस्तारसँगै रेलमा यात्रुको चाप कम हुनाका साथै आरामदायी यात्रा हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्