Logo
Logo

नयाँ वर्षका दिन राष्ट्रपतिबाट को-को भए विभूषित ? (सूचीसहित)


10.3k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई विभूषण प्रदान गरेका छन्। नयाँ वर्षको अवसरमा शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले पदक वितरण गरेका हुन् ।

असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गरेकाहरूलाई आज शितल निवासमा विभूषित गरिएको हो ।

शुक्रबार शितल निवासमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।

निर्वाचन आयोगका आयुक्तहरू, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, कलाकार राजेश हमाल र दीपकराज गिरीलगायतलाई राष्ट्रपतिले विभूषण प्रदान गरेका छन्। राष्ट्रपतिबाट ९ सय ८२ जनालाई विभूषण प्रदान भएको हो।

प्रतिक्रिया दिनुहोस्