Logo
Logo

नयाँ वर्षमा घुम्न गएका युवकको पोखरीमा डुबेर मृत्यु


1.4k
Shares

बुटवल । नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ–३ झुम्सामा घुम्न गएका एक युवकको भूतखोला पोखरीमा डुबेर मृत्यु भएको छ ।

भैरहवाबाट साथीहरुसँगै घुम्न गएका सिद्धार्थनगर–१ बेलहियाका अन्दाजी ३० वर्षीय शिवम जैशवाल ढुङ्गामा चिप्लिएर पोखरीमा खसेर डुबेका थिए ।

उनलाई उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको स्थानीय प्रेम पाण्डेले जानकारी दिए । केही समयअघि पनि उक्त ठाउँमा घुम्न गएका अर्का एक युवकको पनि डुबेर ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्