काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको सफल आराहेण गरेकी हिमालय एयरलाइन्सकी बरिष्ठ परिचालिका ओम्निका डंगोललाई ‘वल्र्ड बुक अफ रेकर्डस’ नेपालले सम्मान गरेको छ । एक कार्यक्रमबीच ओम्निकालाई का अध्यक्ष सागर कटवालले अध्यक्ष सागर कटवालले सम्मान प्रदान गरेका हुन् ।

ओम्निकाले केही समयअघि ‘हिमालय एयरलाइन्स एभरेष्ट एक्सपेडिसन बाई फ्लाइट अटेन्डेन्ट’ परियोजनामार्फत सगरमाथा (८८४८.८६) मिटरको सफल आरोहण गरेकी थिइन् ।

सगरमाथाको सफल आरोहण गरेर पर्वतारोहणका लागि युवालाई प्रेरित गर्नुका साथै सगरमाथा र नेपाली पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको भन्दै ‘वल्र्ड बुक अफ रेकर्डस’ले डंगोललाई सम्मान प्रदान गरेको हो ।
साथै, पर्यटन प्रवद्र्धन गर्न सफल भएकामा उक्त टिमलाई नै हिमालयन एयरलाइन्समार्फत सम्मान गरिएको थियो ।











