Logo
Logo

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


252
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ छलफलका लागि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिलसिनाले पूर्वसांसद तेजमान तुम्वाहाम्फेको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्