काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेका सवारी चालक (ड्राइभर) छतबाट खसेर गम्भीर घाइते भएका छन् ।
आज बिहान चितवनस्थित भरतपुर महानगरपालिका–११ मा रहेको एक घरको छतबाट खसेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का शम्भु भन्ने दिल बहादुर थापा घाइते भएका हुन् ।
प्रहरीका अनुसार घटना बिहान ४ बजेको भएको हो । उनको खुट्टामा र टाउको चोट लागेको छ । गम्भीर अवस्थामा भेटिएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको चितवन प्रहरीले जनाएको छ ।











