Logo
Logo

दाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु


567
Shares

दाङ । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी घोराही उपमहानगरपालिका ११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र १७ वर्षीय गोपाल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

आज (सोमबार) बिहान भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको लु२ख ३८१ नम्बरको ट्रकले लु७३प ११६२ नम्बरको मोटरसाइकललाई घोराही ११ खैरा चोकमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमले जानकारी दिए।

एकैतिरबाट गइरहेको ट्रकलाई मोटरसाइकलले उछिन्न खोज्दा घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्