काठमाडौं । मलेसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– १० बानेश्वर थापागाउँ बस्ने ५१ वर्षीया बिमला थापा रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
उनले वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भी कमल चौधरीसँग रकम लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।











