Logo
Logo

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल गर्न गठबन्धनका नेता बालुवाटारमा


441
Shares

काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरूबीच बालुवाटारमा छलफल चलिरहेको छ । अहिले सत्ता गठबन्धनका पाँच दलका नेताहरूबीच छलफल जारी छ ।

बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललगायतका नेता सहभागी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई चाँडै टुंगो लगाउनेबारे छलफल हुनेछ ।

टिआरसी विधेयक अघि बढाउने सम्बन्धमा आज बिहान प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्