Logo
Logo

यस्ता छन् तुलसीको पात खानुको फाइदा



काठमाडौं । तुलसी संसारको जुनसुकै भूभागमा पनि पाईने हिन्दूहरूको लागि अत्यन्तै पुजनिय एवम उपयोगि वनस्पति हो ।

तुलसी विश्वको धेरै भागमा नियमित सेवन गरिन्छ्र । भारतिय उपमहाद्दिपमा यसको बहु उपयोग गरिन्छ भने पूर्वी एसिया का पकवानको लागि तुलसी अभिन्न मसला हो । पश्चिम गोलार्दमा पनि तुलसीलाई औषधीको रूपमा प्रयोग गरिन्छ ।

तुलसीलाई हिन्दहरुले धार्मीक रुपमा पुजा गर्ने र औषधीको रुपमा विभिन्न रोगको उपचारमा प्रयोग गर्दै आएरहेको छ । पछिल्लो समय प्रायजसोमा देखीने उच्च रक्तचाप र न्युन रक्तचापको सन्तुलनका लागि पनि तुलसी उपयोगी मानिन्छ ।

कम रक्तचापको सामान्य लक्षणहरूमा चक्कर लाग्नु, शरिर कमजोरी हुनु आदी हुन् । कम रक्तचापले समयमै उपचार नपाएमा हृदयघात, स्ट्रोक र मृगौला सबन्धी रोगको सामना गर्नुपर्ने हुनसक्छ । तर, ब्लड प्रेसर लोको समस्या भने घरमै पनि सामान्य तरिकाले समाधान गर्न सकिन्छ, त्यो पनि केही घरेलु उपायको मद्दतले ।

तुलसीको पात खानुको फाइदा :-
– वायुमण्डलमा बहने दूषित हावालाई तुलसीले शुद्धीकरण गर्छ ।
– जाडोयाममा तुलसीको पात नियमित सेवन गर्ने हो भने विभिन्न रोगबाट बच्न सकिन्छ ।
– अक्सर जाडोमा हुने रुघाखोकी, निमोनिया, ब्रोंक्राइटिस, घाँटीको समस्या र श्वास–प्रश्वासमा हुने समस्या आदिका लागि तुलसीको पात लाभदायी हुन्छ ।
– यसले चिसोका कारण हुने कफ र छातीदुखाइ कम गर्छ । नियमित तुलसी सेवन गर्ने हो भने चिसो लाग्नबाट स्वतः बचिन्छ ।
– तुलसीको पातको चूर्ण बनाई अदुवा, मरिच आदिको सम्मिश्रणबाट चिया बनाएर पिउन सकिन्छ । उक्त चिया स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ ।
– तुलसीलाई तातो पानीमा मिसाएर खाँदा टाउको दुखेको, चिसोको कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको आदि समस्याबाट राहत मिल्छ ।
– नियमित खाली पेटमा दूधमा तुलसी मिसाएर खाँदा दम र श्वास–प्रश्वाससम्बन्धी रोगबाट छुटकारा पाउन सकिन्छ । त्यसैगरी, मुटुसम्बन्धी रोग, माइग्रेन, डिप्रेसन, स्नायु प्रणालीसम्बन्धी समस्याबाट बच्न सकिन्छ ।
– पेटको समस्या, श्वास गन्हाउने, यौनजन्य रोग, घाउ–खटिरा, बान्ता हुने, उच्च रक्तचापजस्ता रोगका लागि तुलसी एक अचुक औषधि हो ।
– तुलसी सेवन बच्चाका लागिसमेत उपयोगी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्