Logo
Logo

रिमाल र भट्टराईको राजिनामा अस्वीकृत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री सचिवालयका राजिनामा दिएका ६ जनाको राजिनामा स्वीकृत भएको छ । राजिनामा दिएकामध्ये दुई जनाको स्वीकृत गरिएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सचिवालय हेरफेर गर्ने भन्दै सचिवालयका सबैलाई सल्लाहकार र कर्मचारीलाई राजिनामा दिन भनेका थिए ।
त्यसपछि सामूहिक राजिनामा बुझाएका थिए । त्यसमध्ये प्रेस सल्लाहाकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, सचिवालयमा कार्यरत कर्मचारी घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजिनामा स्वीकृत भएको बताइएको छ । मंसिर १ गतेबाट लागू हुनेगरी उनीहरुको राजीनामा स्वीकृत गरिएको हो ।
दुई जना प्रधानमन्त्रीको सचिवालयका प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराईको भने राजिनामा स्वीकृत गरिएको छैन । रिमाल र भट्टराईको राजिनामा स्वीकृत नगर्नमा उनीहरु प्रधानमन्त्री ओलीको रोजाइमा परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्