Logo
Logo

काठमाडौमा चोरीका गाडी बेच्ने समूह पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ कात्तिक ।

चारवटा चोरीका गाडीसहित दुई जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत कालिमाटीले गोरखा सुलिकोट गाउँपालिका–७ घर भई सोह्रखुट्टे नयाँबजारस्थित आदित्य ट्रान्सपोर्टका सञ्चालन गर्दै आएका ३४ वर्षीय मुकुन्द प्रसाद पुडासैनी र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ घर भई काठमाडौं काभ्रेस्थली बस्ने ३९ वर्षीय दीपेन्द्र भन्ने दीपकबहादुर बुढालाई पक्राउ गरेको हो ।


उनीहरुबाट बा २१ च ८७१४ र बा १८ च ३१३८ नम्बरको स्कर्पियो तथा बा ११ च ९७९४ नम्बरको प्राईभेट फच्र्युनर कार र डिएल २ सिएजेट ७७९९ नम्बरको क्रेट कार प्रहरीले नियन्त्रणमा लिएको छ । ती सबै भारतबाट तस्करी गरेर ल्याइएका गाडी भएको कालिमाटी वृत्तका डिएसपी रुगम कुँवरले बताउ ।
आदित्य ट्रान्सपोर्टले चोरीको गाडीहरु प्रयोग गर्ने गरेको भन्ने सूचनाको आधारमा कालिमाटी प्रहरीले कलंकीबाट नियन्त्रणमा लिएको हो । यसमा ठूलै गिरोह रहेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्