Logo
Logo

सरकार छाड्ने तयारीमा उपेन्द्र यादब


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ कात्तिक ।
सत्तारुढ समाजवादी पार्टीका मन्त्री उपेन्द्र यादब लगायतले सरकार छाड्ने भएका छन् । पार्टीको संघीय परिषद्को बैठमा सरकार छाडेर संघर्षमा जान अधिकांश नेताहरुले पार्टी नेतृत्वलाई दबाब दिएका छन्।


विहीबारदेखि सुरु पार्टीको संघीय परिषद्को पहिलो बैठकमा परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईद्वारा प्रस्तुत ‘समाजवादी पार्टी निर्माण र आगामी कार्यभार’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि बोल्नेमध्ये ९० प्रतिशत नेताले सरकारमा बसेर आफ्ना एजेण्डा कार्यन्वयन गर्न नसकेपछि अब सरकारमा बस्नुको औचित्य नभएको भन्दै तत्काल सरकार छोड्न सुझाव दिएका हुन्। विहीबार साँझसम्म ५५ जनाले मौखिक र ३३ जनाले लिखित रूपमा सुझाव राखेका हुन्। यद्यपी बाबुरामले भने सरकार छाड्ने विषया निर्णय गर्ने अधिकार उपेन्द्रलाई नै दिएका छन् ।

बैठकमा भट्टराईको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै केन्द्रीय परिषद् सदस्य जितेन्द्र प्रसाद महतोले दुईतिहाई हुँदा पनि संविधान संशोधन नभएपछि अब समयसीमा तोकेर सरकार छाड्नुपर्नेमा जोड दिए।
२०७५ जेठ १८ गते सरकारमा दुईतिहाई मत पुर्याएर संविधान संशोधन गर्ने सहमतिसहित दुई मन्त्री र एक राज्यमन्त्री लिएर तत्कालिन समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएको थियो। उपेन्द्र यादवको नेतृत्वको फोरम सरकारमा गएपछि भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकिकृत भई समाजवादी पार्टी बनेको हो।

सरकारमा सहभागी भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर औचित्य र आवश्यकताका आधारमा मात्रै संविधान संशोधन गर्ने धारणा नै दोहोर्याएपछि संविधान संशोधनको मुद्दा ओझेलमा परेको उनीहरुको विश्लेषण छ।
यद्यपी यादब भने सरकार नछाड्ने पक्षमा रहेको स्रोत बताउँछ । तर, पार्टीको दबाब उनीमाथि बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्