Logo
Logo

बंगलादेशी राष्ट्रपतिद्वारा चन्द्रागिरिबाट काठमाडौंको दृश्य अवलोकन


- दृष्टि न्युज/संवाददाता


 

काठमाडौं, २९ कार्तिक । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदले शुक्रबार काठमाडौंँको चन्द्रगिरि हिल्समा अवलोकन भ्रमण गरेका छन् । त्यहाँबाट उनी काठमाडौंको समेत दृश्यालोकन गरे ।
भ्रमण दलमा रहेका बंगलादेशका सांसदहरु, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बंलादेशकै परराष्ट्र मन्त्रालयका उच्च अधिकारीलगायत २७ जनाले चन्द्रागिरीको भ्रमण गरेका हुन् । उनीहरुलाई चन्द्रागिरि केबलकारमा चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महाप्रबन्धक अभिषेकविक्रम शाह, सञ्चालक अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरे काथिए ।
भ्रमण दलका सदस्यले चन्द्रगिरि हिल्सको केबलकारमार्फत हिल्समा पुगेर प्राकृतिक सौन्दर्यको अवलोकन गरेका थिए । अध्यक्ष ढकालले उक्त लिमिटेडअन्तर्गत निर्मित विविध एकीकृत पर्यटकीय संरचनाका बारेमा जानकारी गराएका थिउ ।
भ्रमणमा सहभागी बंलादेशका पाहुनाले चन्द्रगिरि क्षेत्रको प्रशंसा गर्दै यस भ्रमणबाट नेपालमा बंगलादेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्