Logo
Logo

काठमाडौंको फोहोर रोक्ने दुई पालिकाको चेतावनी


1.3k
Shares

काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले गत २३ जेठमा भएको सम्झौता कार्यान्वयन नभए काठमाडौं उपत्यकाको फोहोर रोक्ने चेतावनी दिएका छन् ।

ककनी गाउँपालिका अध्यक्ष सुमन लामाका अनुसार ५ वैशाखमा बसेको दुई पालिकाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । उनीहरुले सहमति कार्यान्वयनका लागि १५ दिनको अल्टिमेटम समेत दिएका छन् ।

वर्गीकरण गरेर मात्रै फोहोर व्यवस्थापन गर्नु पर्ने, फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने, रातिको लागि आवश्यक बत्ती तथा सडकको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका विषयमा गत २३ जेठ, २०७९ मा शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिका तथा गत २६ जेठमा नै काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरु बीच सम्झौता भएको थियो ।

काठमाडौंको फोहोरको जिम्मा नलिएको भन्दै अध्यक्ष लामाले सधैं फोहोर फाल्ने अनि सम्झौता गर्ने तर कार्यान्वयन चाहिं नगरेको गुनासो गरे । ‘फोहोर र मान्छे एक ठाउँमा बस्न सक्दैन’ अध्यक्ष लामाले भने ।

उनीहरुले वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोलि गठन गरेर न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने लगायतका सात बुँदे माग अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्