काठमाडौं । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतसहित २३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउँपालिकाको वडा नं. ४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कलभर्ट निर्माणका लागि विनियोजन भएको रकमबाट सामान्य रूपमा निर्माण कार्य गरी ठूलो रकम भ्रष्टाचार गरेको उनीहरुमाथि अरोप लागेको छ ।
आ.व. २०७५/०७६ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत रकम स्वीकृत भएर निर्माण योजनाको जिम्मा गाउँपालिकाबाट विष्णुदेव यादव अध्यक्ष रहेको उपभोक्ता समितिले प्राप्त गरेको थियो ।
उक्त निर्माण सम्पन्न नगरी कार्य अलपत्र छाडिएको र सोको अर्को उपभोक्ता समितिबाट निर्माण कार्य हुँदा पनि रकम हिनामिना गरेको आरोप छ ।














