Logo
Logo

शरिरलाई फुर्तिलो र जवान राख्न गर्नुहोस् यी काम



काठमाडौं । ढल्कदो उमेरसँगै मानिसको शरिर पनि फुल जस्तै ओइलिएर जान्छ । साधारणतया ४० कटेपछि मनिसमने शरिरमा बुढ्यौलीपन देखिन सुरु गर्छ । तर कतिपय मानिसहरुको शरिर उमेर ढल्केपनि जवान र फुर्तिलो देखिन्छ । मानिसको खानपान र दैनिक क्रियाकलापले मासिको शरिरमा आउने परिवर्तानमा ठुलो भुमिका खेल्ने गर्दछ ।

फुर्तिलो स्वस्थ्य र सुन्दर शरिर होस भन्ने सबैको इच्छा हुन्छ हामीले दैनिक रुपमा गर्ने काम र खान पान थोरै परिवर्तन गर्न सकेमा हाम्रो शरिरलाई फुर्तिलो र जवान राख्ने इच्छा पूरा गर्न मद्दत गर्न सक्छ।

सबैजना आफ्नो उमेर भन्दा जवान देखिन चाहन्छन्, यसका लागि तपाईले आफ्नो जीवनशैली र खानपानमा धेरै ध्यान दिए पुग्छ ।

बुढ्यौली घटाउन यी टिप्स अपनाउनुहोस्
– राति सुत्नुअघि पाँचवटा बदाम, एक ओखर र सूर्यमुखीको दाना भिजाउनुहोस्। बिहान सबभन्दा पहिले यी चिजहरू खानुहोस् । तपाईंको स्वास्थ्यको साथसाथै, यो तपाईंको छालाको लागि पनि लाभदायक साबित हुन सक्छ।

– यसका अलावा राति सुत्नुअघि मोबाइल र ग्याजेटहरूबाट टाढा रहनुहोस्, यसले तपाईंको निद्रामा बाधा पुर्‍याउन सक्छ। त्यसैले सुत्दा तिनीहरूलाई आफूबाट टाढा राख्नुहोस्।

– यसबाहेक, तपाईंले आफ्नो दिनचर्यामा व्यायाम समावेश गर्नुपर्छ। यसो गर्नाले तपाईको शरीर तन्दुरुस्त रहन्छ र तपाईलाई धेरै रोगबाट बचाउन पनि मद्दत गर्न सक्छ।

– आफ्नो छालाको हेरचाहलाई दिनचर्यामा समावेश गर्नुहोस्। पर्याप्त मात्रामा पानी पिउनुहोस्। राति सुत्नुअघि छालालाई राम्ररी सफा गर्नुहोस् । मोइस्चराइजर वा सीरम लगाएर सुत्नु

शरिरलाई फुर्तिलो र जवान राख्न खानुहोस यी खाना
१. माछा :
यदि तपाईं मांसाहारी हुनुहुन्छ भने हप्तामा दुई पटक सेल्मन, मेकेरल र सार्डिनजस्ता माछालाई आफ्ना खानामा समावेश गर्नुहोस् किनभने यसमा ओमेगा–थ्री फ्याटी एसिड पाइन्छ । यो ओमेगा थ्री फ्याटी एसिड मुटुका लागि निकै स्वस्थबर्धक हुन्छ ।

२. जैतुनको तेल :
चिकित्सकका अनुसार रिफाइन्ड वा अन्य कुनै तेलको साटो यदि खानामा जैतुनको तेल प्रयोग गरिन्छ भने यसले तपाईंको तेललाई निकै फाइदा पुर्याउँछ । यसको सेवन गर्दा हाइपरटेन्सन र मधुमेहजस्तो रोग नियन्त्रण हुन्छ ।

३. दही :
उमेर बढेसँगै हड्डी पनि कमजोर हुन थाल्छन् किनभने तपाईंको शरीरमा क्रमशः क्याल्सियमको कमी हुन थाल्छ । त्यसकारण यस्तो अवस्थामा तपाईं क्याल्सियमले भरपुर खानेकुरा जस्तै दुध, दही, पनिर आदिको सेवन गर्नुहोस् ।

४. रातो र सुन्तला रङका तरकारी तथा फलफूल :
खरबुजा, स्ट्रबेरी, गोलभेडा, रातो, पहेंलो क्याप्सिकमलगायतका फलफूल र सागसब्जीमा लाइकोपिन नामको एक प्राकृतिक तत्वले भरिपूर्ण हुन्छ । यो एक प्रकारको प्राकृतिक रसायन हो जसको सेवनले प्रोस्टेट क्यान्सर र फोक्सोको क्यान्सरलाई पनि रोक्न सहयोग गर्छ । अध्ययनमा पत्ता लागे अनुसार यो खाद्य पदार्थले तपाईंलाई स्ट्रोकबाट पनि बचाउन सक्छ ।

५. ब्रोकोली :
ब्रोकोली र हरियो पात भएका सागसब्जी भिटामिन र एन्टीअक्सिडेन्टले भरिपूर्ण हुन्छ र यसमा फाइबरको मात्रा पनि अत्यधिक हुन्छ । यी सब्जीको सलाद र अन्य कुनै रुपमा सेवन गर्नु शरीरका लागि फाइदाजनक हुन्छ । यसको सेवनले मधुमेह, क्यान्सर र मुटु रोग आदिबाट शरीरलाई टाढा राख्छ । साथै, यसले तौल पनि नियन्यत्रण गर्छ ।

६. बदाम, काजु, ओखर, किसमिस :
सबै प्रकारका नट्सले तपाईंको छालालाई जवान बनाइराख्छ । बदाम, ओखर, काजु, किसमिस, पिस्ताजस्ता नट्समा बुढ्यौली कम गर्ने शक्ति हुन्छ । यसमा विशेष प्रकारको पोषक तत्व हुन्छ जसले उमेर सम्बन्धी मुटु रोग, स्ट्रोक, टाइप टु मधुमेह र कुनै क्यान्सरसम्म रोक्न मद्दत गर्नसक्छ । नट्सले तपाईंको दिमागको समेत रक्षा गर्छ ।

७. सख्खरखण्ड :
सख्खरखण्डमा भरपुर मात्रामा बिटा क्यारोटिन हुन्छ जसले तपाईंको शरीरलाई भिटामिन ए प्रदान गर्छ । यो भिटामिन स्वस्थ दृष्टि र छालाका लागि महत्वपूर्ण छ । यसले तपाईंको प्रतिरोधी क्षमतालाई पनि बलियो राख्छ । तपाईंले एक मध्यम सख्खरखण्डमा जति भिटामिन ए पाउनुहुन्छ त्यो पाउन तपाईंले पाकेको २३ कप ब्रोकोली खानुपर्छ ।

८. मसला :
यसले तपाईंको खानालाई स्वादिष्ट मात्रै बनाउने होइन, यसले तपाईंलाई स्वस्थ पनि राख्छ । वास्तवमा मसलामा एन्टिअक्सिडेन्ट हुन्छ जसले तपाईंलाई वर्षौंसम्म स्वस्थ रहन मद्दत गर्छ । उदाहरणका लागि लसनुले तपाईंको रक्त नलीलाई खुल्ला राख्न मद्दत गर्छ । दालचिनीले तपाईंलाई कोलेस्ट्रोल र ट्राइग्लिसराइड्स ९रगतमा हुने बोसो० लाई कम गर्न मद्दत गर्छ । बेसारले तपाईंलाई अवसाद र अल्जाइमर रोगबाट बचाउन सक्छ । ताजा मसलाको प्रयोग गर्नुहोस् तर कुनै पनि सप्लिमेन्ट लिनुभन्दा अघि डाक्टरको सल्लाह लिनुहोस् ।

९. पानी :
जति–जति तपाईंको उमेर बढ्छ, तपाईंको शरीरमा त्यति नै पानीको कमी हुन थाल्छ । साथै तपाईंको प्यास पनि मेटिन थाल्छ । तसर्थ तपाईं कम पानी पिउन थाल्नुहुन्छ । पानी तपाईंको स्वास्थ्यका लागि थुप्रै प्रकारले आवश्यक छ । यसले तपाईंको जोर्नीलाई लचिलो बनाउँछ । तपाईंको शरीरको तापक्रमलाई नियन्त्रित गर्न मद्दत गर्छ र तपाईंको मनोदशालाई प्रभावित गर्छ । छालालाई हाइड्रेट राख्नका लागि कम्तीमा ८ गिलास पानी पिउनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्