Logo
Logo

बारामा १० प्रतिशत मत खस्यो


504
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र–२ मा १० प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेदेखि भइरहेको यस क्षेत्रमा मतदान सुरु भएको दुई घण्टामा १० प्रतिशत मत खसेको त्यहाँका मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

स क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेललगायत ३४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

मतदानलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन यस क्षेत्रमा २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । १ हजार ६ सय ८८ नेपाल प्रहरी, ६ सय सशस्त्र प्रहरी र ३ सय नेपाली सेना सुरक्षाका लागि खटाइएको हो ।

बारा २ का ८२ मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र छन् । तीमध्ये ६५ मतदानस्थल अति संवेदनशील, १७ समान्य रहेको जिल्ला प्रशासन कार्यालय (बारा) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्