Logo
Logo

बारामा २ वटा मतपत्रसहित एक जना पक्राउ


819
Shares

काठमाडौं । प्रहरीले बारा–२ को पिपरवती जब्दी मतदान केन्द्रबाट एक जनालाई पक्राउ गरेको छ ।

देवताल गाउपालिका–७ स्थित वडा कार्यालय पिपरवती जब्दी मतदान केन्द्रबाट प्रहरीले एक जनालाई २ मत पत्रसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामससागर यादव रहेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

मतदान केन्द्रबाट दुई मतपत्र सहित एकजना पक्राउ परेपनि मतदान निर्वाध रुपमा भइरहेको सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्