Logo
Logo

मोरङका उद्योगीले गरे विद्युत् प्राधिकरणको दुहबी ग्रीड घेराउ


252
Shares

विराटनगर । मोरङका उद्योगीले नेपाल विद्युत् प्राधिकरणको सुनसरीको दुहबीस्थित ग्रीड शाखा घेराउ गरेका छन् ।औद्योगिक क्षेत्रमा अनियमित तवरले हुने गरेको विद्युत् कटौतीको विरोधमा आइतबार मोरङ व्यापार संघको अगुवाइमा भेला भई दुहबी पुगेका उद्योगीले प्राधिकरण घेराउ गरेका हुन् ।

यसअघि, संघले प्राधिकरणको कोसी प्रदेश कार्यालयमा ज्ञापनपत्र बुझाएर अनियमित विद्युत् आपूर्ति, ट्रिपिङ र लो–भोल्टेजको समस्या समाधान गर्न ध्यानाकर्षण गराएको थियो । तर, प्राधिकरणले समस्या समाधानमा चासो नदेखाएको भन्दै उद्योगीले ग्रीड शाखा घेराउ गरेका हुन् ।

संघका अध्यक्ष नवीन रिजालको नेतृत्वमा दिउँसो दुहबी पुगेका उद्योगीले कालो ब्यानरसहित प्रदर्शन समेत गरेका थिए । “औद्योगिक क्षेत्रमा हुँदै आएको अघोषित लोडसेडिङ अन्त्य गर्न बारम्बार आग्रह गरे पनि सुनुवाइ भएन । त्यसैले हामी घेराउ र प्रदर्शनमै उत्रन पर्‍यो,” उनले भने ।

विद्युत् समस्याका कारण अहिले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगले आधा उत्पादन कम गर्नुपरेको उनको भनाइ छ । उद्योगीले दुहबी ग्रीड शाखाका प्रमुख रोशन खड्कासमक्ष आफ्ना माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्