Logo
Logo

टायल उद्योगको विकासमा सरकारले सहयोग गर्छ : उद्योगमन्त्री


630
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्वदेशी टायल उद्योगको विकास, विस्तार र प्रवर्द्धनमा सरकारले सक्दो सहयोग गर्ने बताएका छन् ।

बाराको जितपुरमा सञ्चालित देशकै पहिलो टायल उद्योग नेपोभिटको पहिलो वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री रिजालले रोजगारीको सिर्जनासहित विदेशी मुद्रा सञ्चितिमा योगदान पुर्याउने टायल उद्योगको प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीका ब्रान्ड एम्बेसेडर महानायक राजेश हमालले गुणस्तरमा अब्बल रहेको टायल उद्योगमा आफू जोडिन पाएकामा गौरवान्वित भएको बताए । सो अवसरमा नेपोभिट टायल उद्योगका अध्यक्ष शम्भुनाथ झा र प्रबन्ध निर्देशक मनोज रौनियारले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको सस्तो टायल उत्पादन गरी आम नेपाली उपभोक्तालाई सेवा प्रदान गरेको बताए ।

हाल नेपालमा आवश्यक हुने टायलको १० प्रतिशत हिस्सा सो उद्योगले उत्पादन गर्दै आएको छ । नेपाली माटो, बालुवा र ढुङ्गा कणलाई इटालियन प्रविधि अपनाएर गुणस्तरीय टायल उत्पादन गरिएको छ । एक अर्ब ५० करोड लगानीमा सञ्चालित सो उद्योगमा तीन सय ५० जनशक्तिले रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्