Logo
Logo

तेस्रोपटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री


693
Shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वास मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री शर्माले आगामी १५ गते शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिने प्रयोजनका लागि आइतबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका छन् । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका शर्माले ६ माघमा पहिलो र १७ चैतमा दोस्रोपटक विश्वासको मत लिएका थिए ।

चैत २७ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्