Logo
Logo

तनहुँ-१ : कांग्रेसका भट्टराईभन्दा वाग्ले ४१ सय मतले अगाडि


1.9k
Shares

काठमाडौं । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले फराकिलो अग्रता अग्रता गरेका छन् ।
सोमबार जारी मतगणनामा ९ वटा वडाको गणना सकिँदा वाग्लेले ७ हजार ६ सय २५ मत ल्याएका छन् ।

त्यहाँ उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ४ सय ७१ मत प्राप्त गरेका छन् । वाग्ले र भट्टराईबीचको मतान्तर ४१ सय ५४ छ । त्यस्तै, तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार २ सय १९ मत ल्याएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार अहिलेसम्म त्यहाँ ९ वटा वडाको १३ हजार ७५९ मतगणना भइसकेको छ ।
तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्