Logo
Logo

तनहुँ उपनिर्वाचन : १२ वडाको नतिजा आउँदा कसले कति मत पाए ?


3.2k
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा मतगणना जारी छ । सोमबार जारी मतगणनामा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायम गरेका छन् ।

आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकाका विभिन्न १२ वटा वडाको १७ हजार ७७ मतगणना सकिँदा वाग्ले ९ हजार ४८३ मतसहित अगाडि छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ४ हजार ४७२ मतसहित वाग्लेलाई पछ्याइरहेका छन् । यता तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले २५६० मत प्राप्त गरेका छन् ।

तनहुँमा चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख दल नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल दुबैले प्राप्त गरेको भन्दा पनि रास्वपाका वाग्लेले प्राप्त गरेको मत धेरै छ ।

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय अनुसार तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्