Logo
Logo

बारा-२ को मतगणना ‘लाइभ’ गर्न सीके राउतको माग


2.8k
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बारा–२ को मत गणनाको प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन् ।

उनले बारा–२ मा पर्ने सुवर्ण गाउँपालिकाका ४ वटा मतपेटिका सिल टुटेको अवस्थामा भेटिएको दाबी गर्दै सामाजिक सञ्जालमार्फत मतगणनाको ‘लाइभ’ गर्न माग गरेका हुन् ।

उनले गत मंसिर ४ को चुनावमा मत गणनाका क्रममा सप्तरी–२ मा भएको दंगा स्मरण गर्दै भनेका छन्, ‘बारा–२ को मतगणना स्थलको लाइभ हुनुपर्छ । सप्तरी–२ मा हामीले भोगिसकेका छौँ, हार्न लागेपछि जसपाले भित्र नै उत्पात र दंगा मच्चाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेका थिए, प्रहरी प्रमुखको मिलेमतो थियो नै । अहिले सुवर्ण गापाका ४ वटा बाकसको सिल टुटेको भेटिएको छ ।’

यो खबर लेख्दासम्म त्यहाँ मत गणना सुरु भएको छैन । बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेललगायत ३४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्