Logo
Logo

चितवन-२ को मतगणना सुरू


1.6k
Shares

काठमाडौं । चितवनमा मतगणना सुरु भएको छ ।  दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति भएपनि एक घण्टा ढिलो गरी मतगणना सुरु भएको हो ।

ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सुरु गरिएको हो । गणना सुरु भएसँगै सयौँ समर्थक, शुभेच्छुक र दलका कार्यकर्ताको मतगणनास्थलमा भीड लागेको छ।

चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् । यस क्षेत्रमा ७८ हजार २ सय ७७ मत खसेको छ।

प्रतिक्रिया दिनुहोस्