Logo
Logo

बजेटमार्फत जनतालाई सम्बोधन गर्ने कार्यक्रम ल्याउन सुझाव


630
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले बजेटमार्फत जनतालाई सम्बोधन गर्ने कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा उनीहरुले जनतामाझ सरकारलाई प्रभावकारी रुपमा लैजान जनताको आशा अपेक्षा अनुसारको बजेट निर्माण गर्न सुझाव दिएका हुन् ।

बजेटमा सरकार कसरी प्रस्तुत हुँदैछ र अर्थमन्त्रालयको तयारी कस्तो छ भन्ने बारेमा सांसदहरुको चासो रहेको अर्थमन्त्री डा प्रकाशशरण मतले जानकारी दिए ।

उनले अहिलेको मुलुकको अर्थतन्त्रको अवस्था, राजस्वको परिस्थीति र कस्तो समस्या र सीममा रहेको भन्ने बारेमा बैठकमा जानकारी गराएको बताए । उनले सांसदहरुको सुझाव लिने क्रम जारी रहेकाले अर्को बैठक मंगलबार पुनः बस्ने बताए ।

बैठकमा पार्टी सभापति शेर बहादुर देउवाले ठूला दलहरु प्रति जनताको विश्वास घट्दै गएको र बैकल्पिक शक्तिमा विश्वास गर्न थालेकाले पार्टीलाई जनतामाझ लोकप्रिय बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्