Logo
Logo

संसदीय समितिको भागबन्डा मिल्यो


9.6k
Shares

काठमाडौं । प्रमुख तीन दलबीच संसदीय समितिको भागबन्डामा सहमति जुटेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो बसेको तीन दलको बैठकमा टिआरसीबारे विशेष समिति गठन गर्ने र एमालेलाई तीन समितिको नेतृत्व दिने सहमति भएको हो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको हो ।

प्रमुख प्रतिपक्षी दल एमालेले पनि एउटा विशेष समिति र अरु दुई गरी तीनवटा समितिको नेतृत्व पाउने भएको छ । एमालेले प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये सार्वजनिक लेखा समिति र अर्को कुनै समिति पाउनेछ । कुन समिति एमालेले पाउने भन्नेबारे भने पछि तय हुने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।

संसदीय सुनुवाई समितिको सभापति भने कांग्रेसले पाउने भएको छ । १५ सदस्यीय सुनुवाइ समितिमा कांग्रेस र एमालेबाट ४/४ जनाको सहभािगता रहने छ भने बाँकी ७ जनामा माओवादी, रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादी लगायतका दलबाट प्रतिनिधित्व गरिने छ ।

प्रतिक्रिया दिनुहोस्