Logo
Logo

फ्लाई दुबईका कारण सात वटा जहाज आकाशमै होल्ड


1.6k
Shares

काठमाडौं । फ्लाई दुबई जहाजको इन्जिनमा समस्या आएपछि केहीबेर सात वटा जहाज नेपाली आकाशमा होल्ड भएका छन् ।

सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेपछि फ्लाई दुबईको एउटा इन्जिनमा समस्या आएको थियो । उडेको केहीबेरमै ठूलो आवाज र आगो लागेको देखिएको थियो ।

त्यसपछि उक्त जहाज नेपालमै अवतरण गर्ने कि दुबई फर्किने भन्ने टुंगो लागेको थिएन । त्यसक्रममा नेपाली आकाशमा रहेका सात वटा जहाज होल्ड भएका हुन् ।

एयर अरबिया, मलेसियन एयर, सिंगापुर एयर, बुद्ध एयरका चारवटा जहाज नेपालकै आकाशमा होल्ड गरिएका छन‍् । अहिले यी सबै जहाज ल्यान्ड गर्नेक्रममा छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पनि सामाजिक सञ्जालमार्फत् फ्लाई दुबई सुरक्षित साथ गन्तव्यमा प्रस्‍थान भएको जानकारी दिएका छन्।

‘फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्