
काठमाडौं । सर्लाहीको लालबन्दीमा एक महिलाको शव फेला परेको छ।
लालबन्दी नगरपालिका-६ स्थित ग्रामीण सडकमा सोमबार टाउको फुटेर मृत्यु भएको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
करिब ६० वर्षीया ती महिलाको शवको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय (लालबन्दी) का प्रहरी नायब उपरीक्षक शान्तराम कार्कीले जानकारी दिए।
उक्त शव मागी खाँदै हिँड्ने महिलाको हुनसक्ने प्रहरीको भनाइ छ । सडकमा सुतेका बेला गाडीले किच्दा उनको मृत्यु भएको अनुमान प्रहरीको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्की बताए।











