धनगढी । कैलालीको अत्तरियास्थित एक होटलमा बास बसेका एक जना मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका-१ अत्तरिया बसपार्कमा रहेको न्यू सत्कार होटलमा १० वैशाखमा कोठा लिएर बसेका दार्चुलाको ब्याँस गाउँपालिका-३ का अन्दाजी ४५ वर्षीय मोहन सिंह मृत भेटिएको हो ।

होटलको १०३ नंम्बर कोठामा बसेका सिंह मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले बताए ।
उनका अनुसार उनी शौचालयमा झुण्डिएको अवस्थामा भेटिएपनि घटनाबारे अनुसन्धान भइरहेको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।











