काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउने बताएका छन् ।

उपनिर्वाचनमा चितवन-२ बाट भारी मतान्तरसहित दोस्रोपटक विजयी भएका लामिछानेले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिंदै जनताले खोजेको भष्ट्राचार नियन्त्रण र सुशासन भएकोले आफूहरुले मुख्य जोड त्यसैमा रहने बताए ।
भष्ट्राचारसहित सरकारी संयन्त्र र जनताले अनुभूत हुने गरी सुशासन कायम गर्न लागिपर्ने उनको भनाई छ । आमअपेक्षा पनि यहीँ रहेकोले सोही अनुसार मत पाएको पनि उनले बताए । अहिलेको सरकारलाई दिएको विश्वासको मतका बारेमा सोचेर सल्लाह गरेर पुनर्विचार गर्ने सभापति लामिछानेको भनाई छ ।
पाँच वर्षमा ठूलो पार्टी बनाएर आफ्नै नेतृत्त्वमा सरकार बनाउने प्रतिवद्धता व्यक्त समेत गरे । ‘पाँचवर्षमा ठूलो पार्टी बनेर आफ्नै नेतृत्त्वमा सरकार बनाउनेछौँ । नेतृत्त्व सक्षम भएन भने हटाएर घण्टी बजाउनेछ । तपाइँ आँट गर्नुहोस्, घण्टी हामीसँग छ बजाउँदै अघि बढ्नुहोला’, उनले भभने ।
चितवनका जनताले लगाएको गुण इतिहासले नबिर्सने भन्दै उनले भने- भविष्य परिवर्तनको यात्रामा अघि बढेका छौँ । गुण इतिहासले बिर्सने छैन । थप प्रमाणीकरण हो अहिलेको मत । मेरा कारणले हुन गएको क्षतिप्रति क्षमाप्राथी छु ।’











