Logo
Logo

फास्ट ट्रयाकको जग्गा प्राप्तिबारे चाँडै टुंग्याउने मन्त्रिपरिषद्को निर्णय

सशस्त्र प्रहरीको नियमावली संशोधन


2.3k
Shares

काठमाडौं । सरकारले काठमाडौं-तराई/मधेस फास्ट ट्रयाकको सम्बन्धमा जग्गा प्राप्तिको विषयलाई चाँडै टुंग्याउने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

‘काठमाडौं-तराई/मधेस फास्ट ट्र्याकको सम्बन्धमा जग्गा प्राप्तिको विषयमा छलफल भयो । केही दिनअघि हामीले उच्चस्तरीय समिति पनि यसका लागि निर्माण गरेका थियौं । त्यो समितिले काम अघि बढाएको छ’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, ‘छिट्टै जग्गा प्राप्तिको कामलाई अघि बढाउने, टुंग्याउने भन्ने निर्णय भएको छ ।’

यस्तै बैठकमा सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको गुणस्तर नापतौलसम्बन्धी विधेयक समितिमा पठाउने पनि बैठकले निर्णय गरेको उनले बताए । जग्गा कित्ताकाटसम्बन्धी विषयलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय पनि भएको मन्त्री ज्वालाले बताए ।

प्रतिक्रिया दिनुहोस्