Logo
Logo

सुनको भाउ प्रतितोला २ सय रुपैयाँ बढ्यो


1.3k
Shares

काठमाडौं । नेपाली बजारमा आज (बुधबार)सुनको भाउ सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन तोलाको एक लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन आज तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ । तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्