Logo
Logo

मिटरब्याजी पीडितसँगको सम्झौताबमोजिम विधेयक छिट्टै ल्याउँछौं : गृहमन्त्री


1.3k
Shares

काठमाडौं । सरकारले मिटरब्याजी पीडितसँग गरिएको सम्झौताबमोजिम मुलुकी फौजदारी संहिता संशोधन विधेयक छिट्टै संसद्‌मा लैजाने भएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजलाई फौजदारी कानुनको परिभाषामा समेट्ने गरी मुलुकी फौजदारी संहिता संशोधन मस्यौदा विधेयक मन्त्रिपरिद्ले स्वीकृत गरिसकेको जनाउँदै अब छिट्टै संसद्‌मा ल्याइने जानकारी दिएका हुन् ।

सरकारले यसअघि नै मन्त्रिपरिषद्‌बाट मिटरब्याजलाई फौजदारी कानुनको परिभाषामा समेट्ने गरी मुलुकी फौजदारी संहिता संशोधन गर्ने निर्णय गरेको थियो । गृहमन्त्री श्रेष्ठले मिटरब्याज समस्या समाधानका लागि कार्ययोजनासमेत संसद्‌मा प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्