Logo
Logo

केपी ओलीमाथि ढुंगामुढा गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ : गृहमन्त्री


2.5k
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीमाथि कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा श्रेष्ठले कोशी नामकरणमा विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन गर्ने र कार्यक्रम हुन नदिने प्रयासस्वरुप ढुंगामुढा गर्ने काम गरेको भन्दै ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको जानकारी दिएका हुन् ।

टनलगतै प्रहरीले स्थीति नियन्त्रणमा लिएको र ओली आफ्नो कार्यक्रमस्थलतर्फ गएको उनले बताए । उनले सरकार संविधानको प्रभावकारी कार्यान्वयनका लागि दृढ रहेको र संविधान अन्तर्गत लोकतान्त्रीक अधिकारको प्रयोग गर्न र शान्तिपूर्ण तवरबाट विचार राख्न छुट रहेको बताए । तर, कुनैपनि कोणबाट गैरसंवैधानिक गतिविधि गर्ने, नेता, जनताको कार्यक्रमलाई अवरोध गर्ने कामलाई छुट दिन नसकिने उनले धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्